Srishisha Rai- घाम
एउटा झूपडिभित्रको मनमा
हिराको माला छ गलामा लत्रिएको
विवशताले सिंगारिएर
समुन्द्र झैँ तेर्सिएको मन एकातिर
अगाडि बसेकी छ मखमली
ठिहिरोले काँपीरहेका हातहरुमा
कूरुषले फूलका महत्वाकाँक्षाहरु बुन्दै,
म त्यहाँ छु गूलाव जस्तै
न्यानोपनको लालसामा आफ्नो काँढामा
बक्खुको दूनियाँलाई अल्झाउन खोज्दै
अनि छन् बेनामीहरु
जो सँधै फूलहरुलाई पछ्याउँदै
आगोको आशामा हूरि ताप्छन्
छाताको आशामा असिना ओड्छन्
ठण्डीको रातो आँखा लिएर
नीलो ओठले मृगतृष्णा बोल्छिन् आमा –
‘अव त क्षितिजमा पनि ईन्द्रेणी लर्किनेछ किरणहरुको
नानी हो ! यसपाली त मनमात्रै होईन
घाम नै उदाउनेछ .......।’
शहरमा मध्यान्ह घाम लागेकै छ,
कोही सुकेका छन् कोही डढेका ।
हामी आमाको मक्किंदो आँचल समातेर
उदांगो सिकूवाबाट घामलाई हेर्दै
बालसूलभ लयमा सोध्छौँ –
‘त्यै हो हामीले ताप्ने घाम.....?
खै त, अझै जाडो नै भईरहेछ
यो घाम हेर्नलाई मात्रै हो र आमा......?’
ललितपुर
No comments:
Post a Comment