"कविता संसार"मा यहाँहरु सबैलाई हार्दिक स्वागत छ . . Please Log on: www.kabitasansara.blogspot.com

Friday 17 May 2013

Keshar Thulung- माटो, अब माटो रहेन

सदियौँदेखि
यसको पिठ्यूँमा बूई चढ्दै आयौँ
यसको लाम्टा चुस्यौँ, थुत्यौँ
भएन, कोतर्‍यौँ, खोतल्यौं, कोपर्‍यौँ
र अन्त्यहिन, वेभिचारी
होली खेल्यौँ यसैसँग
र त माटो, अब माटो रहेन
यो जङबहादुर बनेको छ
यो भस्मकारी बनेको छ

Srishisha Rai- घाम

एउटा झूपडिभित्रको मनमा
हिराको माला छ गलामा लत्रिएको
विवशताले सिंगारिएर
समुन्द्र झैँ तेर्सिएको मन एकातिर
Rupesh Rai- विभ्रंश

प्रत्येक दिन
थपिने आँखा, नाक, कान
अनि चलमलाउने प्राण एउटा आकृति
लिएर निस्कन्छ हातखुट्टा
बोकेर, मान्छे
Srijana Subba- जीवनका सोचाइहरु

मेरे घरको छानामा म एक्लो उभिन्छु
रातको नीरवतामा
भर्खरै जन्मिएका जीवनका मेरा कति विचारहरु
मैमाथि बामे सर्छन्|
अचानक मेरा आँखाहरु जूनसंग जम्काभेट गर्छन्
Kalpana Tumrok- तिम्रै सम्झना


तिमी आउछौ भन्ने आशमा
चौतारीमा एक्लै कुर्न सकिन
नयाँ बाटो रोजेर
चौतारिलाई छोड्न पनि सकिन ।
Dayakrishna Rai -  नगर बधुहरुको आवाज

लाटाको देशमा गाँडहा तन्नेरी
भएर आयो गणतन्त्र
दरबारबाट काँचुली फेरेर
संग्रहलय बनेर,
डोलीमा चढेको बेहुलीझैं तरक्क आँसु चुहाएर
फिस्स हाँसि रहेको छ नारायणहिटी !
नयाँ नेपालको नयाँ संबिधान चाहि

Sabina Sindhu -  चिहान उठ्छ

क्रान्तिको रक्तरन्जित खोलो
फेरी बौरिएर मुटुको ढिक्कामा परिवर्तन हुन्छ
र चिहान उठ्छ, हतियार बोकेर